This is not an ordinary Rhododendron tree in the wheat field. This is a tree that holds immense hope of inclusivity for Ram Bishwakarma, who belongs to one of the marginalized communities, the Dalit of Nepal. On March, 2022, I worked as a research assistant for one of the master’s students at the University of Copenhagen in the GCAP area of Nepal. Ram was one of the household members in the survey, and here is what he has to say about this Rhododendron tree that was in the yard of his house.
हामीलाई दलित भनेर सबैले अपहेलना गर्छन्, हामी जन्मिदा खुशी हुने र मर्दा आसुको धारो बगाउने कोही पनि छैनन। हाम्रो घरको दैलोमा चाडपर्बमा रमाउन आउने कोही पनि हुँदैनन, तर थाहा छ , यो गुराशको रुख २० बर्षदेखी मेरो घरको दैलो अगाडि मुस्कुराइ रहेको छ, यो त झन नेपालकै राष्ट्रिय फुल, देशकै गौरव बोकेको फुल, खै यस्ले त हामीलाई अछुत भनेर कैले भेदभाव गरेन, यो अंकन्टार ठाउँमा झन चैत्र देखी जेष्ठ सम्म लतरम्म फुलेर मन नै आनन्दित बनाइदिन्छ, मान्छेको साथले नसजिएनी आज यही लालिगुरासको रुखले मेरो घरआगन सज्जिएको छ, भेदभावको कालो बादलको पर्दा यो गुरासको रुखले हटाएको छ, म चाहन्छु यो रुख मेरो आउने पिडिहरुले नि नजिकबाट नियाल्न पाउन.
#Natureforall
