प्रिय सिन्धुपाल्चोक,
यो द्रिश्य हो जिल्ला सिन्धुपाल्चोकको
यि उदाङिएका पहाडहरूमा लुकेका छन अनगिन्ती कथाहरु पहिरो पीडितहरुको शोकको
टन्टलापुर घाममा धानको बिटो बोकेर थकित मुद्रामा मेरै छहारीमा ओत लाग्छौ
तर मनुस्य , तिमी आफ्नो स्वार्थ पुरा गर्न निर्दइ रुपमा मलाई नै काट्छौ
मेरो बिनासकै कारण हरेक बर्ष भीषण पहिरोले धेरै मानवबस्ती बिस्थापित गर्दिन्छ
मलाई हुर्काइ बडायेर त हेर, मेरा अडिग जराहरुले त्यही मरभुमीमा नयाँ जीवन स्थापित गर्दिन्छ
बिन्ती छ, मलाई यो भिर पाखामा दिगो रुपमा जोगाइदेउ
थकिसके मेरा यि कान, हरेक बर्ष पहिरोबाट जन् धनको क्षतिको समाचार सुनेर
अब बाट मेरो संरक्षण गरेर पहिरो रहित जिल्लाको रुपमा एउटा नयाँ ईतिहास रचाइदेउ
पहिरो, जल वायु , बाडी मात्र नभएर कैयौ प्रकृतिक प्रकोपलाई रोक्थाम गर्दिन्छु
मेरो अस्तित्वको रक्षा मात्र गरिदेउ, बुढा देखी युवाहरुको सबै घाऊ भर्दिन्छु
कृपया मेरो अस्तित्वलाई संरक्षण गर
आखिर तिम्रो प्राण नि त छ मेरै भर !!
